
झापा । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताउनुभएको छ । प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमालेको यो यात्रा सफल भएको बताउनुभयो ।
“यो यात्रा कसैका विरुद्ध थिएन,” उहाँले भन्नुभयो, “आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन् । तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ ।”
सङ्कल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र उहाँहरुको सुझाव लिने एमालेको लक्ष्य पूरा भएको जनाउँदै उहाँले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गर्नुभयो ।
रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उहाँले बताउनुभयो ।
सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उहाँको भनाइ थियो । उहाँले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह