
दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिकास्थीत चमेलिया नदीको मुहानमा काठेपूल संगै ढुङ्गेधारा निर्माण गरिने भएको छ । पालिकाका विभिन्न ठाउँमा गत महिना देखि काठेपूल संगै ढुङ्गेधाराहरु निर्माण कार्य भइरहेको छ ।
चमेलिया नदीको मुहान संरक्षण संगै पर्यटक तथा तिर्थयात्रीहरुलाई आवत जावतमा सहजताकालागि भन्दै पालिकाले अहिले पालिका भित्रका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा बताउँनु भयो । उहाँका अनुसार पालिकाको आफ्नै लगानीमा चार ठाउँमा काठेपूल निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ ।
गाउँपालिकाले चमेलियानदीको मुहान संरक्षण क्षेत्र, कालीढुंगा ताल जाने बाटो, धौलीओडारम तथा भबैया खोलामा गरी चारठाउँमा काठेपूल निर्माण कार्यसम्पन्न गरेको छ । मुहान संरक्षणाकालागि पालिकाले १० लाख र काठेपूल निर्माणका लागि ४ लाख र पर्यटकीय सुचना केन्द्र स्थापनाका लागि १५ लाख बजेट विििनीयोजन गरेको थियो । पर्यटन बोर्डको सहकार्य तथा पालिकाको समन्वयमा मकरीगाडमा पर्यटकीय सुचना केन्द्र स्थापना हुने गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिुभयो ।
जसमा ६० प्रतिशत पालिकाको र बाँकी ४० प्रतिशत पर्यटन बोर्डको रहनेछ । पर्यटन बोर्डले सुचना केन्द्र स्थापना (एसटीएलआरपी) परियोजना मार्फत् संञ्चालन गर्ने छ ।
विभिन्न ठाउँमा रहेका होम स्टेहरुको प्रचारप्रसार गर्न र स्थानिय कला सस्कृतिको जर्गेनाका लागि पनि अहिले अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्रको विकासका लागि संरचना निर्माणमा जुटेको छ । केही महिना पहिले गाउँपालिकाले पर्यटन भ्रमण वर्ष समेत आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह