
मकवानपुर । मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।
गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।
हात्तीकोे आतङ्क पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह