
पोखरा । भारतीय दूतावासको आयोजनामा फागुपूर्णिमा(होली) पर्वमा देशको पर्यटकीय राजधानी शहर पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्यसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
भारतीय राजदूतावास सहित काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त आयोजनामा शनिबार साँझ पोखराको बाराहीघाटमा पाँच सयभन्दा बढीको सहभागितामा ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै साँस्कृतिक कार्यक्रम गरिएको हो ।
श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रङ प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्य प्रस्तुत गरिएको हो । यसका साथै नोपली लाखे नृत्यसँगै लोक नृत्य प्रदर्शन गरियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय दुतावासका अधिकारी, गण्डकी प्रदेश सरकार र कास्कीस्थित स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गर्नुभयो ।
भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध बारे उल्लेख गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गर्नुभयो ।
काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले गत चैत ९ गते काठमाडौंमा आफ्नो पहिलो प्रस्तुती दिएको थियो ।
टोलीले चैत ११ गते लुम्बिनी, चैत १३ गते वीरञ्ज र चैत १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । ओडिसी भारतको उडिसा प्राप्तको एक शास्त्रीय नृत्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले