
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री रिजालको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल– क्यानडा सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउदै क्यानडाली विकास सहायता परिचालनमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्री रिजालले नेपालमा क्यानडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगमा लगानीका पर्याप्त अवसर भएकाले पुँजी परिचालन गर्न आह्वान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह