
काठमाडौँ । हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।
कार्यक्रमका लागि वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दुलजङग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता थियो ।
वडा नंं २० का वडाध्यक्ष मानन्धरले भन्नुभयो, “सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ । यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधनभित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले बाँधिएको छ ।” उहाँका अनुसार परिसरमा १२ फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् ।
दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजङग गुल्मले यसको व्यवस्थापन गरेको हो । यो कामलाई वसन्तपुर क्षेत्रभरि विस्तार गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि वसन्तपुर जुद्धसालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब एक सय २० फूलसहितका गमला राखिएको थियो ।
विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति भएको उक्त सम्पदाको पुनः निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ । उक्त सम्पदा सर्वसाधारणका लागि कहिलेदेखि खुल्ने भन्ने विषय भने अझै टुङ्गो लागेको छैन ।
समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय एकीन हुने कामपाले जनाएको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयवासीको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो ।
विसं २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माण खर्च कामपाले व्यहोर्ने निर्णय गरेअनुसार सम्पूर्ण खर्च कामपाले गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह