
काठमाडौँ । ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किनुभएको छ । गत शनिबार बिहान उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको उहाँले बताउनुभयो ।
पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्यार्थीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह