
भैरहवा । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजनीतिमा सुशासन र रोजगारी नभए मुलुक वर्वादीको दिशातर्फ अघि बढ्ने बताउनु भएको छ ।
शनिवार भैरहवामा आयोजना भएको नेकपा एकीकृत समाजवादी पार्टी सिद्धार्थनगर नगरकमिटीको प्रथम अधिवेशनमा बोल्दै नेता भुसालले राजनिती भनेकै अरुको लागि काम गर्नको लागि कसम खाने भएको बताउदै राजनितीमा गलत प्रवृत्ति मौलाएका कारण मुलुकले दुःख पाएको बताउनु भयो ।
महासचिव भुसालले गलत कुरा सँग सम्झौता नगरी, झुठो नबोली र लोभलालचमा नपरी अनुसासित भएर राजनीति गर्न जरुरी भएको धारणा राख्नु भयो ।
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले युवाहरु समाजवाद निर्माणको लागि गम्भीर भएर अघि बढ्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
नगर अधिवेशनमा करिव ५० जना युवा पार्टी प्रवेश गरेका थिए । अधिवेशनले सारदुल मयुर कसौधनको नेतृत्वमा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह