
काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय भएको छ । निर्वाचन प्रयोजनका लागि संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेलाई जिम्मेवारी प्रदान गरिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले राससलाई जानकारी दिनुभयो ।
कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको छ । बैठकले जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माणमा पार्टीका तर्फबाट विभिन्न चरणमा परिचालन भएको पार्टीका सबै तहका नेताकार्यकर्ताको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्पप्रभावित परिवारलाई वितरण गर्न मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ ।
बैठकले पार्टीको महासमिति बैठकको मिति परिमार्जन गरी आगामी फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह