
लमजुङ । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा गत साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष हराएका छन् । हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताउनुभयो ।
चपाईँका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, छ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा महिला, बालबालिका, ज्येष्ठ नगारिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नगारिक पाँच जना हराएको प्रहरीले जनाएको छ । हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र चार ज्येष्ठ नागरिक र फेला परेका थिए भने सात महिला, एक ज्येष्ठ नागरिक र छ पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी एक सय २१ जना हराएका थिए । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए भने सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।
आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए
यसरी महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको सङ्गत, घरझगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ । प्रहरीले खोजीका लागि अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह