
म्याग्दी । बेनी नगरपालिकाले ७ गौरवका योजनालाई कार्यान्वयन गर्न शुरुआत गरेको छ ।
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन शुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । ७ योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।
ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ । ३२ लाख ९० हजार रुपैयाँ विनियोजन भएको यस योजना र २५ लाख ६८ हजारमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिनुभयो ।
नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा २ करोड रुपैयाँ विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ । श्रमजीवी निर्माण सेवासँग एक करोड ३४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताउनुभयो ।
पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ । ८३ लाख ५० हजार रुपैयाँ विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।
नगरपालिकाले बेनीबाट वडा नम्बर ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि ८० लाख रुपैयाँ विनियोजन भएकामा ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ ।
यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । ‘तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम शुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु’ निर्माण व्यवसायी बानियाँले भन्नुभयो ।
तातोपानीको कालोपत्र योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो । पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको समपूरक अनुदान, बेनी–पात्लेखेत सडकमा सङ्घीय सरकारको समपूरक अनुदानको बजेटसँग नगरपालिकाले साझेदारी गरेको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमूना विद्यालय भवनका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ भने योजनबाट चारकोठे भनव निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा छ ।
नगरपालिकाले यसै वर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाका रूपमा अघि बढाएको छ । बेनी–२ खवरामा खानेपानी विस्तारका लागि रु ४० लाख र वडा नम्बर ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन भएको छ । यी दुवै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ, उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनाको पटक–पटक अनुगमन गर्छौँ, योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ’ उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा खुलामञ्चको थप पूर्वाधार निर्माणमा नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । बेनी नगरप्रमुख सुरत केसीले सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउने र अधुरा योजनालाई पूर्णता दिनेगरी छनोट भएका ठूला योजनाको कार्यान्वयन शुरु भएको बताउनुभयो ।
उहाँले साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गर्ने नगरको नीतिअनुसार नै गौरवका योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ । नगरपालिकाले १० लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गर्ने जनाएको छ । नगरपालिकाले पहिलो चौमासिकसम्म चालुतर्फ २४ दशमलव ०५ प्रतिशत र पूँजीगततर्फ ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।
पहिलो चौमासिकमा वडास्तरमा विभिन्न २४ योजनाको निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार ९५ योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् भने अझै एक सय १७ योजना सम्झौता हुन बाँकी रहेको छ । वडास्तरीय योजनाको सम्झौता र कार्यान्वयनको काम धमाधम अघि बढेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’