
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रदेश सांसदसहित ७ जनालाई जन्मकैद तोकेको छ । हत्या प्रकरणमा संलग्न भनिएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले भने सफाई पाउनुभएको छ ।
महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई विक हत्या प्रकरणमा महोत्तरीले अदालतले सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीबार प्रदेश शर्मासहित ७ जनालाई जन्म कैद र संघीय सांसद कोइरीलाई सफाईको फैसला गरेको हो । जन्मकैद सजाय तोकिएका शर्मा अहिले मधेश प्रदेशसभामा सांसद तथा सदीय दलका नेता हुनुहुन्छ । जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुनुहुन्छ ।
मधेश आन्दोलनका क्रममा २०७५ साल भदौ २५ महोत्तरीमा सशस्त्र प्रहरी बलका असई बिकको हत्या भएको थियो । बिक हत्या मुद्दामा २८ साउन २०७५ मा महोत्तरी अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचित कोइरीले सफाइ पाएको श्रेस्तेदार नुतन झाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह