
इलाम । इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो ।
गाउँपालिकाको सहयोगमा वडा नं १ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पु¥याउन पालिकाले प्रयास गरिरहेको बताउनुभयो । “जबसम्म महिला घरभित्रै सीमित हुन्छन् तबसम्म समाजमा कुनै परिवर्तन आउँदैन”, उहाँले भन्नुभयो, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो । महिलाले आरक्षण सिटको मात्र भर नपरी हामी पनि पुरुष सरह सबै क्षेत्रमा काम गर्न सक्षम छौँ भन्ने भावना जागृत गर्न तालिमले सघाउँछ ।”
वडासदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनुभयो । अर्का वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘
तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा न्यौपानले जीवनमा पहिलोपटक माइक छुन पाएकामा खुसी व्यक्त गर्नुभयो । “उहिले हाम्रा पालमा न तालिम न नेतृत्व”, उहाँले भन्नुभयो, “अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले भने यो अवसर सदुपयोग गर्नुपर्छ ।”
उनान्चास जनाको सहभागिता रहेको सो तालिममा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह