
झापा । झापामामा ५ महिना अवधिमा २ वटा जंगली हात्ती मरेका छन् ।
बाह्रदशी गाउँपालिका– १ स्थित बागमतामा बिहीबार एउटा जंगली हात्ती मृत फेला परेको छ । एउटा मत्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
जंगली हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर त्यही ठाउँमा मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालयका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरेका छन् ।
झापामा चालु आर्थिक वर्षमा योसहित २ वटा हात्ती मृत फेला परिसकेका छन् । हात्तीको आक्रमणमा परी अहिलेसम्म २ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह