
काठमाडौँ । युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित ३ कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केही वर्षदेखि बन्द रहेको युटिएलसहित म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको हो ।
र प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार यी कम्पनीले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो ।
तोकिएको समयावधिभित्र नवीकरण बापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेश नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ती कम्पनीरुलाई नियमानुसार तिर्नरबुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह