
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र मंसिर २८ गते विहिबारदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले त्यसका लागि महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाएमा दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने जानकारी दिनुभएकोछ ।
महानगरले अनुगमनका लागि पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ । त्यस्तै महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र एकसय रुपैयाँसम्म जरिवाना गराउने छ । सार्वजनिक स्थलको एकसय मिटर वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न समेत नपाइने महानगरले जनाएको छ ।
महानगरले यसअघि प्लाष्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध गर्ने सूचना जारी गरेको थियो ।
काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह