
काठमाडौँ । काठमाडौँ महानगरभित्र आजदेखि चुरोट र सुर्तीजन्य पदार्थ बिक्री बन्द गरिएको छ । काठमाडौँ महानगरपालिकाले पूर्वनिर्धारित योजना अनुसार आजबाट सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानूनी कारबाही गरिने बताउनुभयो । यसअघि महानगरले आजदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री तथा धूमपानमाथि प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना जारी गरेको थियो
काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिकस्थलको चारकिल्ला तोकी त्यसस्थल वरपर सुर्तीजन्य र पत्रुखानेकुरा बिक्रीमा निषेध गर्न सक्ने कानुनी व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह