
उदयपुर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताउनुभयो ।
“पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका अतिथिहरुलाई तीन किलोमिटर पैदलयात्रा पश्चात घुर्मीमा खाना खुवाइएको छ”, कार्कीले भन्नुभयो, “आजै ओखलढुङ्गा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा आयोजना हुने सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।”
सो यात्रा हर्कपुरपछि भोजपुर, वसन्तपुर हुँदै पूर्वी जिल्लामा केन्द्रित हुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो । यात्रामा अध्यक्ष ओलीलगायत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी सहभागी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह