
काठमाडौँँ । यू १९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।
जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टायो । भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ बनाए । आदर्श सिंहले १३ रन जोडे । खेलमा नेपालले ३ जना बलर प्रयोग गरेको थियो तर जितको परिणाम भने निकाल्न सकेनन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको हो । यू १९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । आकाश चन्द ४ रनमा अविजित रहे । नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन् ।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको नेपाल यू १९ एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह