
मोरङ । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ ।
कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्ष भन्दा यस वर्ष ८३ हजार दुई सय ८२ मेट्रिकटन धान उत्पादनमा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।
मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा रोपाइँ भएकोमा छुटफुट अवस्थामा रहेको वास्मती प्रजातिको धानबाहेक काटिसकिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । मोरङमा गत वर्षप्रति हेक्टर चार दशमलव आठ मेट्रिकटन धान उत्पादन भएकोमा यसपटक प्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । प्रमुख सिंहले मोरङमा यस पटक चार लाख १६ हजार पाँच सय मेट्रिकटन धान उत्पादन भएको बताउनुभयो ।
नेपाल सरकारले मोटो धानको मूल्यप्रति क्वीन्टल रु तीन हजार एक सय ९२ र मध्यम धानको मूल्य रु तीन हजार तीन सय ६२ निर्धारण गरेता पनि मूल्यप्रति क्वीन्टल रु तीन हजार तीन सय र मध्यम धानको मूल्य रु तीन हजार पाँच सय सम्ममा स्थानीय बजारमा कारोवार भइरहेको बेलबारी ११ लक्ष्मीमार्गका किसान रमेश दाहालले जानकारी दिनुभयो । विगतका वर्षमा भन्दा यसपटक धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित भएको बताउनुभयो । मोरङमा धेरैजसो रन्जीत धान, राम धान, विवि एघार, स्वार्ण लगायतको धान लगाउने गरेको कृषि ज्ञान केन्द्र बिराटनगरले जनाएको छ ।
कोशी प्रदेशमा धान उत्पादन हुने जमिन तीन लाख ४० हजार ८२९ हेक्टर रहेको छ । कोशी प्रदेशको उच्च पहाडी जिल्ला सङ्खुवासभा र मध्यपहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा भने गत वर्षभन्दा धान उत्पादन घटेको र यस्तै उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा भने धान उत्पादन बढेको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह