
काठमाडौँ । आउने चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो ।
परिसङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले शिखर सम्मेलन आयोजनाबारे जानकारी दिनुभयो । उहाँकाअनुसार सम्मेलनमा प्रविधि र नवप्रवर्तन, दिगो कृषिमा महिला, महिलामा लगानी लगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने अध्यक्ष अग्रवालले बताउनुभयो ।
‘यस सम्मेलन वर्तमान एवं सफल उदाहरणमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्नेछ’ परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भन्नुभयो– ‘छलफल, अन्तरक्रियाबाट तत्काल उपलब्धि मिल्ने हैन । सम्मेलनबाट प्राप्त सुझाव र प्रतिवेदनले सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
परिसङ्घले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामुलक संस्थाको प्रतिनिधिका रूपमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासमा सरकारसँग सहकार्य गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’