
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङले बधाई दिनुभएको छ ।
छिमेकी मुलुक चीनले ढिलो गरी प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो। चिनियाँ राजदूत सोङले बिहीबार सिंहदरबार पुगेर कार्कीलाई बधाई दिनु भएको हो ।
उहाँले प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा ठूलो खुशी लागेको बताउनुुभएको छ । ‘उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो’, राजदूत सोङले भन्नु भएको छ । ‘दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ।’
तर भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चिनियाँ प्रधामन्त्री ली छ्याङ र राष्ट्रपति सी चिनफिङले अहिलेसम्म औपचारिक रुपमा बधाई दिनुभएको छैन । यसअघि २८ भदौ शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिनुभएको थियो । त्यसबेला उहाँलाई पत्रकारको प्रश्न थियो– ‘सेप्टेम्बर १२ मा नेपालको पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । यसबारेमा चीनको टिप्पणी के छ ?’
जवाफमा उहाँले भन्नुभयो कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ। उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताउनुभएको थियो ।
भारतीय समकक्षी नरेन्द्र मोदीले भने कार्की प्रधानमन्त्री हुनेबित्तिकै बधाई दिनुभएको थियो । त्यसपछि गत शनिबार मणिपुर पुगेर कार्की प्रधानमन्त्री भएको खबरले आफूहरू उत्साहित भएको बताउनु भएको थियो । भारतीय राजदूत नवीन श्रीवास्तवले शीतल निवासमै पुगेर कार्कीलाई शपथ समरोहै बधाई दिनु भएको थियो ।
बिहीबार मात्रै भारतीय प्रधानमन्त्री मोदी र समकक्षी कार्कीबीच टेलिफोन संवाद पनि भइसकेको छ।
उता पञ्जाबको धर्मशालामा रहेका तिब्बतका धर्मगुरू दलाई लामाले समेत चीनले भन्दा पहिले कार्कीलाई बधाई दिएका छन् । सम्भवतः नेपालका कुनै प्रधानमन्त्रीलाई दलाई लामाको शुभकामना आएको यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग