+

प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ ।  

प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भारतीय समकक्षी मोदीसँग फोन वार्ता गर्नुभएको हो । 

उहाँहरुबीच कपरिब २० मिनेट जति कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो परिस्थितिलाई शान्तिपूर्ण तरिकाले अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनुभएको छ । 

पछिल्लो घटनाक्रमका कारण देशले भोगको क्षतिप्रति आफू दुखी रहेको भन्दै प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग दिन तयार रहेको बताउनु भएको छ ।  प्रधानमन्त्री  कार्की  मोदीलाई जन्मदिनको शुभकामना दिँदै साथ सहयोगको अपेक्षा गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट