
काठमाडौँ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा काठमाडौँको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला भइरहेको छ ।
गत मंसिर १७ गतेबाट शुरू भएको सुट मेला आगामी वैशाख २५ गतेसम्म चल्ने महासंघले जनाएको छ । सर्वशुलभ मूल्यमा विभिन्न डिजाईनका आकर्षक सुट उपलब्ध हुने यो मुटमेला नेपालमै पहिलोपटक आयोजना गरिएको महासंघले जनाएको छ ।
ग्राहकलाई उच्च गुणस्तरका सर्टिङ सुटिङ कपडाका दर्जनौ विकल्प एकै ठाउँमा उपलब्ध गराउन तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्व बुझाउनुका सुट मेलाको आयोजना गरिएको महासंघले जानकारी दिएको छ । मेलामा सुटका नयाँ डिजाइनबारे ग्राहकलाई परामर्श तथा जानकारी समेत उपलब्ध गराईदै आएको छ ।
मेलामा आराधना कम्प्लेक्समा दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न रहेका मेरिना इम्पेक्स अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र स्वारी कलेक्सन लगायतका स्टल रहेका छन् ।
मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका छन् ।
यो मेलाले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना गर्ने महासंघको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन