
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने अस्ट्रेलियन डलर र युरोको भाउ बढेको छ।
युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ। यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।
राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा थियो।
अस्ट्रेलियन डलरको भाउ पनि बिहीबार बढेको छ। राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा तोकिएको छ। बुधबार यसको मूल्य एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन