
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ र ८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल ९ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा ७ खर्ब २३ अर्ब ५८ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको त्यही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।
नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो ६ महिना अवधिमा भारतबाट ५ खर्ब २ अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा७३ अर्ब ७१ करोड १२ लाख रुपैया बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा ४ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ ।
त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग . एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा व्यहारेको छ । नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ ।
नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्स लगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन