
बाँके । उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव गर्ने तयारी गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिनुभयो ।
‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कलासंस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव आयोजना गरिएको छ’ अध्यक्ष धामीले भन्नुभयो– ‘महोत्सव करिब ३लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।’
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २०५६ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा विभिन्न तीन सय ५० स्टल राखिने सङ्घका महासचिव भीम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवमा स्वदेशमा उत्पादित वस्तु, राष्ट्रियस्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उद्योगी, व्यवसायीको समेत स्टल रहनेछन् ।
त्यसैगरी, महोत्सवमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान) बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन