
काठमाडौँ । साता कारोबारको पहिलो दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ ।
आइबारको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर २ हजार ६ सय १ दशमलव २१ अंकमा पुगेको हो ।
आज विभिन्न ३ सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर, ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँमा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य सात दशमलव ३७ प्रतिशतले बढेको छ ।
साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य छ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको छ दशमलव ४५ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन