
भक्तपुर । मध्यपुरथिमी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले आन्तरिक स्रोतबाट १४ करोड २८ लाख १९ हजार ६ सय ९० रुपैयाँ सङ्कलन गरेको हो ।
यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा ३६ करोड २८ लाख ७ हजार रुपैयाँ आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिनुभयो । गत वर्ष यस नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो ।
यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शीर्षकमा गत आवको तुलनामा यस वर्ष. दुई करोड ५२ लाख ८९ हजार आठ सय ८८ रुपैयाँ भन्दाबढी राजस्व सङ्कलन भएको छ ।
नगरपालिकाले चालु आवको पहिलो ६ महिनामा सबैभन्दा धेरै असोजमा ३ करोड ६० लाख ५६ हजार ३७, साउनमा तीन करोड २७ लाख ८५ हजार चार सय ५२ र भदौमादुई करोड ४३ लाख ५३ हजार चार सय ७३ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।
यसैगरी कात्तिकमा एक करोड ९८ लाख १२ हजार तीन सय ६६, मङ्सिरमा दुई करोड आठ लाख १६ हजार एक सय ७४ र पुसमा सबैभन्दा कम ९४ लाख १७ हजार ९ सय ८१ रुपैयाँ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन