
पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाहमा राजस्व घटेको छ ।
बन्दरगाहबाट भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
गत आवको छ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा कार्यालयको राजस्व सङ्कलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो । त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको ६ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन