
काठमाडौँ । सुनचाँदीको भाउ अघिल्लो कारोबारको तुलनामा आज सामान्य रुपले बढेको छ ।
सुनचाँदीको भाउ बुधबार तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तोला सुनको मूल्य आज प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबार सुनका भाउ प्रतितोला १ लाख ५५ हजार रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो । आज एक औस सुनको मूल्य दुई हजार ६ सय ७५ दशमलव १८ अमेरिकी डलर भएको छ ।
आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग