तनहुँ । गत असोजको बाढीबाट तनहुँमा १ करोड रुपैयाँ भन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड ८ लाख ८ हजार ३ सय ७० रुपैयाा बराबरको क्षति भएको हो ।
तनहुँ । गत असोजको बाढीबाट तनहुँमा १ करोड रुपैयाँ भन्दा बढीको बाली नष्ट भएको छ ।
आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड ८ लाख ८ हजार ३ सय ७० रुपैयाा बराबरको क्षति भएको हो ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा ८६ लाख ७० हजार ५ सय ७० रुपैयाँ बराबरको नोक्सान भएको छ ।
त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा १५ लाख ९१ हजार ८ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा ६० हजार नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा २ लाख ४० हजारको नोक्सान भएको छ ।
देवघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा एक लाखबराबरको नोक्सान भएको छ ।
प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
- नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार
- नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
- धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ
- सङ्घीय निजामती विधेयकमा संशोधनकर्तासँग छलफल शुरु
- त्रिविलाई ‘मेरिटोक्रेसी’ का आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन
- त्रिविमा प्रधानमन्त्रीकै सामुन्नेमा कर्मचारीको नाराबाजी
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित
- जाजरकोटमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु