राम्रो नेपाल

वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दू महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई २५ हजार रुपैयाँको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको छ ।