+

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

काठमाडौँ ।  आयामवादी कवि बैरागी काइँला र लोक संस्कृतिकर्मी एलपि जोशी (लक्ष्मीप्रसाद जोशी)लाई पुरस्कृत गरिने भएको छ । कवि काइँला  र जोशीलाई जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले पुरस्कृत  गर्न लागेको हो । 

२०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ । प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि  काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी  जोशीलाई प्रदान गर्ने भएको हो ।  

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्विमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय  क्षेत्रमा योगदान गरेकाले कवि काइँलालाई पुरस्कार प्रदान गर्न लागिएको हो । 

६ दशकदेखि नेपाली लोकगीत गायन र सङ्कलन गर्दै  लोकगीत सङ्गीतको समुन्नतिमा लागि परेर यस क्षेत्रमा विशिष्ट योगदान दिँदै  आउनुभएका लोक संस्कृतिकर्मी जोशीलाई २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको हो ।

पचास हजार राशिका यी दुवै पुरस्कार  साउन १ गते प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो । नेपालको लोक संस्कृति तथा लोकगायनका क्षेत्रमा लामो समय काम गर्नुभएका जनकविकेशरी धर्मराज थापा तथा उहाँकी धर्मपत्नी सावित्री थापाको स्मृतिमा जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यी पुरस्कारको स्थापना गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै