
महोत्तरी । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् ।
महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् ।
आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५, १० र ७ हजार रुपैयाँ तथा कदरपत्र प्रदान गरिएको छ । यसैगरी १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ । साहित्य साधक प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो ।
त्यस अवसरमा राष्ट्रिय विभूतिको सम्झनामा यस्ता कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी