
काठमाडौँ । ‘विश्व–ज्योति काव्य–पुरस्कार’का लागि पाण्डुलिपि आह्वान गरिएको छ । साहित्यिक संस्था एपेक नेपालद्वारा प्रदान गरिने पुरस्कारका लागि अप्रकाशित कविता सङ्ग्रहको पाण्डुलिपि माग गरिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।
एउटा पनि कविता सङ्ग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेको कुनै पनि युवाले नेपाली भाषामा लेखेको कविता सङ्ग्रहको पाण्डुलिपि पठाउनुपर्ने उल्लेख गरिएको एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुस मसान्तसम्म आवेदन दिन सकिनेछ ।
छनोट भएको सर्वोत्कृष्ट पाण्डुलिपिलाई एपेक नेपालको वार्षिकोत्सव आगामी चैत २५ गतेको कार्यक्रममा लोकार्पण गरिने श्रेष्ठले जानकारी दिनुभएको छ । काव्य सर्जक र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले काव्य पाण्डुलिपि प्रतियोगिता गर्न लागिएको हो ।
श्रेष्ठका अनुसार खासगरी युवा कविका लागि पाण्डुलिपि तयार गर्न पर्याप्त समय पुगोस् भन्ने अभिप्रायले यस्तो सूचना जारी गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तोलाको १ लाख ९० हजार नाघ्यो सुन
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- भीमफेदीमा गुडिरहेको कारमा आगलागी
- आश्वस्त भएनन् शिक्षक, आन्दोलन जारी
- आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- मकवानपुरमा यात्रीबस दुर्घटना, १६ जना घाइते
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’
- ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’
- नगरकोट भ्रमण वर्षमा एक लाख पर्यटक