
काठमाडौँ । झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
काव्य घर नेपालको आयोजनामा साहित्य सदन नेपाल रामहिटी बौद्ध काठमार्डौमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व कूलपति गंगाप्रसाद उप्रेतीसहितका श्रष्ठाहरुले भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पण गर्नुभएको हो ।
स्रष्टा भट्टराईले २०५७ सालमामा रच्नुभएको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो । कृतिबारे प्रा डा देवी नेपाल र प्रा डा सीता भट्टराईले धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रा जगतप्रसाद उपाध्याय, प्रा डा हेमनाथ पौडेल, प्रा डा रामप्रसाद ज्ञवाली र अर्जुन ‘विरक्ति’ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि पूर्व कूलपति उप्रेतीले भट्टराईको काव्यकृतिले समयसापेक्षाता बोकेको उल्लेख गर्नुभयो । श्रष्ठा भट्टराईले कृति रचना गर्भका बारेमा प्रकाश पार्दे सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई,अधिकारी विमला,गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना वाचन गर्नुभएको थियो । त्यसअवसरमा स्रष्टा भट्टराईका पुत्र सुदृढ पोखरेलको जन्मदिन परेको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ, गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी