
काठमाडौँ । प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयम्ले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज यहाँ आयोजना गरेको ‘आरआर जर्नल’ विमोचन तथा अन्तरक्रिया क्याम्पस प्रमुख प्रा डा जीवनधर जवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा पनि विकृति, विसङ्गति विद्यमान रहेकाले त्यसको अन्त्य पत्रकारहरूले नै गर्नुपर्नेमा जोड दिनुभयो ।
‘सञ्चार क्षेत्रले समाजलाई सही दिशामा डो-याउने भएकाले सञ्चारकर्मीले पेशाप्रति इमान्दार भएर काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
विषय शिक्षक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागका प्रमुख शन्तराम विडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न कलेज प्रतिवद्ध रहेको बताउँदै समाचार कक्षलाई कक्षाकोठासँग जोडेर अध्यापन जारी राखेको जानकारी दिनुभएको छ ।
उहाँले पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । पत्रकारिता विभाग प्रमुख डा जगत् नेपालले पत्रकारितामा नवप्रवेशीहरुका धेरै अवसर छन् भन्दै उनीहरूलाई पेशाप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा पत्रकारिता गर्दै पढ्दै गरेका कमलकृष्ण विष्ट, फोमस भण्डारी, अञ्जिता पोखरेल, समिता ढकाल, प्रकाश कपाली, हरेराम भेटवाल, प्रेरणा आचार्य र भीमबहादुर लामाले पत्रकारिताका अनुभव सुनाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी