
काठमाडौँ । नेपाल जनप्रशासन सङ्घले विसं २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्त रुपमा आज आयोजित पत्रकार सम्मेलनमा थापालाई २ लाख रुपैयाँसहित सम्मान प्रदान गरिने जानकारी दिइएको छ । सम्मान साउन २३ गते विशेष समारोहकाबीच प्रदान गरिने छ । सङ्घले साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका अध्यक्ष एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको योगदानस्वरूप डा थापालाई सो सम्मान प्रदान गर्न लागिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिनुभएको छ ।
सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङ्गाना सदस्य रहनुभएको थियो ।
यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, डा विमल कोइराला, महावीर पुन, स्वर्गीइ अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसक्नुभएको छ ।
मल्लले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभएको थियो ।
प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा सङ्घको स्थापना भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी