+

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । 

नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि  एक लाख २५ हजार रुपैयाँ रहेको छ । 

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले  जानकारी दिनुभएको छ ।  पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा  असार २९ गते प्रदान गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै