
काठमाडौँ । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा उनीहरुले सञ्चालक साहमाथि गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहारबाट मनि ट्रान्सफर सञ्चालक साह घाइते हुनुभएको छ । प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उहाँलाई वीरगन्ज रिफर गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रस्थित घिउरा नाकामा खटिइएका सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्नासहितको टोली र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब निरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरीले उनीहरुका साथबाट एक नाल कटुवा पेस्तोल र बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै