
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन शनिबार काठमाडौं आइपुग्नु भएको छ ।
सुआन नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भियतनामबाट नेपालमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र सुआनबीच काठमाडौँमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । साथै, उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भदौ ९ गते भ्रमण सम्पन्न गरी स्वदेश फर्कने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल