
गुल्मी । लगातारको वर्षापछि आएको पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी गाउँपालिका–२ को गरगरेस्थित हर्मिचौर–अर्वेनी सडक खण्डमा आइतबार बिहान सडकमाथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गाबहादुर सारुका अनुसार पहिरो हटाउन हाल एक्साभेटर प्रयोग भइरहेको छ। तर पहिरोमा ठूला चट्टान रहेकाले पन्छाउन केही समय लाग्न सक्ने उहाँले बताउनुभयो।
यस पहिरोका कारण छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्, जसले गर्दा यात्रा गरिरहनुभएका यात्रुहरू बाटोमै रोकिइरहनु परेको छ।
उक्त क्षेत्रमा पानी परेपछि पहिरो जाने क्रम नियमित जस्तै भएकाले ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षायामको जोखिमलाई ध्यानमा राख्दै याक्रहरुलाई सतर्क रहन र कुनै समस्या परेमा नजिकको प्रहरी चौकी वा प्रशासनलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै