
गण्डकी । पोखरा महानगरमा हलगोरु पाल्नेलाई अनुदान दिइएको छ । पोखरा महानगरपालिकाले हलोगोरु पाल्नेकिसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ अनुदान प्रदान गरेको हो।
नगरमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको नगरप्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उहाँले बताउनुभयो ।
गत भदौमा अनुदान सम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५ सय ७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५ सय ५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’