
काठमाडौँ । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युपछि आन्दोलित नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त राखेका छन् । नेपाली विद्यार्थीले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टल फर्किएर पढाइ जारी राख्नका लागि विभिन्न बुँदे शर्त राखेका हुन् ।
नेपाली विद्यार्थी न्याय सुनिश्चित गरिनुपर्ने र घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्ने नेपाली विद्यार्थी पहिलो शर्त छ । घटनालाई प्रहरीले अनुसन्धान गर्नुपर्ने नेपाली विद्यार्थीको अडान छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ भन्ने नेपाली विद्यार्थीको माग हो ।
नेपाली विद्यार्थीले पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातको विस्तृत अनुसन्धान हुनुपर्ने । ती गुनासो बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्ने शर्त राखेका छन् ।
नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्ने, छात्रावासभित्र केही महिला शिक्षकले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्ण रूपमा अस्वीकार्य छ भन्दै नेपाली विद्यार्थीले यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्ने अडान लिएका छन्।
विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्ने र कानुनी कारबाही भाग्न तयार हुनुपर्ने नेपाली विद्यार्थीको शर्त छ ,
नेपाली विद्यार्थीले घटना प्रक।रणमा सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेमा छन् । । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले हेरेर अनुसन्धान गर्नुपर्ने नेपाली विद्यार्थीको माग छ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्ने शर्त छ ।
विद्यार्थीको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्ने । होस्टलबाट विद्यार्थीलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्ने नेपाली विद्यार्थीको माग छ ।
कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने नेपाली विद्यार्थीको शर्त छ ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई छानीछानी आक्रमण गरिएको नेपाली विद्यार्थीक गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।
एक नेपाली विद्यार्थीले भनेका छन्– ‘आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरू केपी ८ ए, केपी ८ बीरसी र केपी २६ मा रहेका नेपाली विद्यार्थीको कोठामा जबरजस्ती प्रवेश गरे । उनीहरूले नेपाली हो ? भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे ।’
‘ती आक्रमणकारीले नेपाली विद्यार्थीलाई दुई–तीन मिनेटमै सामान प्याक गर्न आदेश दिंदै ढिलाइ गरे थप आक्रमण गर्ने धम्की दिए’ उनले भने, ‘फोनमा कुरा गरिरहेका विद्यार्थीको मोबाइल खोसेर इन्स्टाग्राम, ह्वाट्सएपका फोटो तथा म्यासेजहरू चेक गरे । जसले फोन दिन अस्वीकार गरे, उनीहरूलाई कुटपिट गरे ।’
लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन थालेका हुन् । त्यसपछि नेपाली विद्यार्थी दुर्व्यवहार र आक्रमणको निशानामा परेका छन् ।
यसअघि सेक्युरिटी गार्ड जस्ता देखिने केही व्यक्तिले एकजना विद्यार्थीलाई कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
- निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
- शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ : अध्यक्ष बिजुक्छेँ
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
- निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन
- जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
- पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत
- महासचिव घनश्याम भूसालद्वारा तीन महिने आन्दोलन कार्यक्रम प्रस्ताव
- सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवाः राष्ट्रपति
- माघमा ४७८ ठाउँमा आगलागी : २२ जनाको मृत्यु, ८७ घाइते