+

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज हिमपात भएको छ । 


समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो । 

‘आज दिउँसो करिब एक घण्टा हिउँ परेको थियो’ उहाँले भन्नुभयो– ‘ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।’  हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । 

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब ३ महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै