काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महशुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । ‘सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ’ उहाँले भन्नुभयो ।
यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । ‘केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ’ उहाँले भन्नुभयो– ‘यद्यपि क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।’
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लेखा समिति सभापति पोखरेलपत्नी अन्जला १० लाख धरौटीमा रिहा
- सूर्यदर्शन सहकारी ठगी प्रकरण स् प्रतिवादीको बहस सकियो
- कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा
- बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
- शीतलहरका कारण तराईको जनजीवन कष्टकर
- आर्थिक आयोगले सरकारलाई बुझायो प्रतिवेदन, के के छन् सुझाव ?
- क्रिकेट रङ्गशालाका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
- अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
- लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर
- आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित