+

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

नवलपरासी ।  नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।


कारागारमा एक सय ७५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार  २५ महिला र एक सय ५० पुरुष कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । 

कैदीबन्दीको सङ्ख्या बढी भएपछि उनीहरुको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

‘रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदीबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै