
ललितपुर । गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा हुनुहुन्छ । चर्चामात्र होइन हाल उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।
यसैक्रममा बुधबार ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उहाँले सुनाउनुभयो । “ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ”, चनिकलाले भन्नुभयो ।
उहाँले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राख्नुभयो । तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गर्नुभयो । “मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गर्नुभएको यो सम्मानप्रति म निकै खुसी छु”, उहाँले भन्नुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद रु एक लाख र सम्मानपत्र प्रदान गरेको थियो ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद भन्नुभयो । “बहादुरीपूर्वक जुन काम गर्नुभयो, त्यो ज्यादै प्रशंसायोग्य छ, तपाईँको बहादुरीले दुई जनाको ज्यान बच्यो, यो सम्मानभन्दा पनि ठूला हो । तपाईँले गर्नुभएको काम भविष्यमा पनि सम्झिरहने छौँ”, उहाँले भन्नुभयो ।
सम्मान कार्यक्रममा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, सामान्य प्रशासन महाशाखा प्रमुख देवप्रसाद गुरागाईँलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न