
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ ।
शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युतको दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो ।
न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैकल्पिक रुपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत जारी रहेको छभने मन्थली सवस्टेशनबाट जिल्लाका विभिन्न भागमा वितरण गरिएको ११ केभीको वितरण लाइन पनि सञ्चालनको प्रयास भइरहेको छ ।
विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन, इन्टरनेट र खानेपानी सेवा समेत अवरुद्ध भएको थियो । विद्युत् सेवा सञ्चालन गर्न प्राधिकरणका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय निकायका साथै रामेछापका ‘सहयोगी मन’का सदस्यहरुले सहयोग गर्नुभएको स्थानीय समाजसेवी विपीन भट्टराईले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न